गृहपृष्ठ डा. केसीले औषधी लिन मानेनन्, स्वास्थ्य अवस्था नाजुक

डा. केसीले औषधी लिन मानेनन्, स्वास्थ्य अवस्था नाजुक

जुम्ला घटनापछि वार्ता अनिश्चित

अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसिले औषधी लिन अस्वीकार गरेका छन् । सरकारले डा. केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै उपचारका लागि जुम्लाबाट काठमाडौ ल्याएको हो । तर डा. केसीले कुनैपनि औषधि सेवन गर्न नमानेको उनका सहयोगि किशोर केसीले न्युज कारोबारलाई जानकारी दिए ।

उनका अनुसार डा. केसीलाई स्लाइन मात्र चलाइएको छ । औषधि लिन आग्रह गर्दा पनि नमानेकाले स्वास्थ्य अवस्था थप जटिल बनेको छ । डा. केसीका समर्थकहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै महारागन्जदेखि बालुवाटारसम्म ¥यालि समेत निकालेका छन् । अनशनरत डा.केसीलाई सरकारले जुम्लाबाट जबर्जस्त हिजो काठमाडौ ल्याएको थियो ।

डा.केसीलाई त्रिवि शिक्षण अस्पतालको ईएनटी भवनको पुरानै अनशन स्थलमा राखिएको छ । उनी अनशन बसेको २१ दिन पुरा हुँदा समेत औपचारिक वार्ता हुन सकेको छैन । दुई पटक सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन ।

सरकार पेलेरै जान लागेकाले वार्ता अनिश्चित भएको केसीका प्रतिनिधि अभिषेकराज सिंहले बताए । जुम्लामा भएको सरकारी दमनपछि परिस्थिति बदलिएकाले वार्ता अनिश्चत भएको उनले बताए ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु