गृहपृष्ठ अमेरिकी राजदूतले भनिन्- नेपाल अब समृद्ध बन्नेछ
अमेरिकी राजदूतले भनिन्- नेपाल अब समृद्ध बन्नेछ
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले भेट गरेकी छन् । आफ्नो कार्यकाल सकिन लागेका बेला राजदूत टेप्लिजले प्रचण्ड निवास खुमलटारमा पूर्वप्रधानमन्त्री प्रचण्डलार्इ शुक्रबार बिदाइ भेट गरेकी हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकास र प्रगतिमा राजदूत टेप्लिजको भूमिका सकारात्मक रहेको बताए । प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताएका थिए । उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको सहयोग र समर्थन निरन्तर रहने विश्वास व्यक्त गरे ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूल्ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसा गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेपाल सुन्दर भएकाले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा जाने आधार तयार भएको राजदूत टेप्लिजको भनाइ छ ।
प्रकाशित समय १२:४४ बजे

















