गृहपृष्ठ सरकारलार्इ डा. केसीको चेतावनी- आज सहमति नभए कडा कदम चाल्छु

सरकारलार्इ डा. केसीको चेतावनी- आज सहमति नभए कडा कदम चाल्छु

आन्तरिक छलफलका कारण वार्ता सुरु भएन

अनसनरत डा. गोविन्द केसीले आज सहमति नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । सरकारी वार्ता टोलीसँग वार्ता गर्नु अगाडी आफ्ना प्रतिनिधिसँगको छलफलमा डा.केसीले आज सहमति नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

न्युज कारोबारसँग डा. केसीका वार्ता टोली सदस्य ओमप्रकाश अर्यालले भने, ‘पटक–पटक सरकारले धोका दिएकाले विश्वास गर्ने आधार अझै बनेको छैन, डा. केसीले भनेका छन्, आज सहमति नभए कडा कदम चाल्छु ।’ कस्तो कडा कदम भन्ने प्रश्नमा उनले भने, ‘आजको वार्तापछि नै थाहा हुन्छ ।’ अहिले डा. केसीका प्रतिनिधि अनशनस्थलमा आन्तरिक छलफलमा छन् ।

केहीबेरपछि शिक्षा मन्त्रालयमा हुने वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको छ । आजको वार्ता निर्णायक हुने अनुमान गरिएको छ । हिजो बेलुका अबेरसम्म भएको वार्तामा दुबै टोली सहमतिनजिक पुगेका छन् । चिकित्सा शिक्षा विद्येयकका कुन कुन बुँदामा संशोधन गर्ने भन्ने विषयमा आज छलफल हुने छ ।

आज साँझसम्म निकास निकालेर डा. केसीको अनशन तोडाउने सरकारको तयारी छ । आन्तरिक छलफललका कारण बिहान ९ बजे बस्ने भनिएको वार्ता सुरु भएको छैन ।

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु