गृहपृष्ठ गाेंगबुकाे ‘इमेज’ सुधार्ने हाेटल व्यवसायीकाे प्रतिबद्धता

गाेंगबुकाे ‘इमेज’ सुधार्ने हाेटल व्यवसायीकाे प्रतिबद्धता

नयाँ बसपार्क क्षेत्रको यौन धन्दा बन्द : प्रहरी

gongabu-newskarobar नयाँ बसपार्क क्षेत्र : फाइल तस्बिर

 

काठमाडौं उपत्यकाका मिनिबस, माइक्रोलगायतले यात्रुहरुलाई बोलाउँदै भन्छन्, ‘नयाँ बसपार्क, रत्नपार्क’ । काठमाडौंका यी यस्ता स्थान हुन् जसलाई गन्तव्य बनाएर काठमाडौंका धेरै मिनिबसहरु सञ्चालन हुन्छन् ।

नयाँ बसपार्क क्षेत्र र रत्नपार्कमा एउटा समानता छ, त्यो हो बसपार्क । नयाँ बसपार्क क्षेत्रमा नाम अनुसार नयाँ बसपार्क छ भने रत्नपार्कमा पूरानो बसपार्क छ । त्यसमा थप नयाँ बसपार्क क्षेत्रमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावर तथा होटल, लजहरु बढी छन् । उता रत्नपार्क भने पूरानो बसपार्क, सुन्धारा नयाँ सडक लगायतको नजिकमा पर्ने भएकाले यी दुवै क्षेत्रमा मानिसहरुको ठूलो भीड हुने गर्दछ ।

तर कुरा यतिमा मात्र सीमित छैन । जहाँ मानिसहरुको भीड जम्मा हुन्छ, त्यहाँ राम्रा र नराम्रा दुवै क्रियाकलापहरु हुन्छन् । नयाँ बषपार्क क्षेत्रमा वैदेशिक रोजगारीमा पठाउने म्यानपावरहरुको बाक्लो उपस्थिति छ भने अर्कातर्फ बाहिरी जिल्लाबाट आउने र जानेहरुको जमघट पनि सोही क्षेत्रमा बढी हुन्छ ।

यी विविध कारणले सो क्षेत्रमा विभिन्न अनैतिक कार्य हुने गरेको पनि विस्तारै खुल्दै आएको छ । तर के यसको नियन्त्रण सम्भव छैन ? प्रहरी भन्छ सम्भव छ । यसका लागि नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीहरुले पनि अग्रसरता देखाएका छन् ।

शनिबार नयाँ बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै होटल व्यवसायीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । तर, उनीहरुकै आडमा फस्टाएको भनि आरोप लाग्दै आएको यौन धन्दालगायतका अनैतिक क्रियाकलाप रोकिनेमा भने सरोकारवालाहरुले संका व्यक्त गरेका छन् । सरोकारवालाका अनुसार यस्तो प्रतिबद्धता पहिले पनि नभएको होइन तर व्यवहारमा देखिएन । तर धेरैको अपेक्षा छ– अब त्यस्तो नहोस् ।

 

कति छन् गोंगबुमा होटल ?
नयाँ बसपार्क क्षेत्र काठमाडौं महानगरपालिकाको २६ र १६ तथा टोखा नगरपालिकाको ९ नम्बर वडा भित्र पर्दछ । गोंगबु क्षेत्रमा दर्ता भएका होटलको संख्या १ हजार ७ सय भन्दा बढी छ । कामनपाको २६ नम्बर वडामा मात्र १०० भन्दा बढी होटलहरु रहेको वडा अध्यक्ष ख्याम तिवारी बताउँछन् । तिवारीका अनुसार राज्यलाई कर तिर्नेमा सबैभन्दा अगाडि गोंगबु क्षेत्र रहेकोले यसको विकास र प्रबद्र्धन गर्न मर्यदित क्षेत्रको रुपमा विकस गरिनु आवश्यक छ ।

नयाँ बसपार्क क्षेत्र अहिले जति बदनाम भएको छ त्यो यहीँका व्यवसायीको कारण भएको टोखा नगरपालिका– ९ का वडा अध्यक्ष जोक प्रसाद नेपालले बताए । यहाँको होटललाई स्थानीय सरकारले सधैँ प्रबद्र्धन तथा व्यवसायीको समस्यामा सहभागी हुने गरेको भएपनि व्यवसायी करको दायरामा आउनुपर्ने नेपालको भनाई छ ।

प्रत्येक होटलले कर छल्ने गरेको अनुभव सुनाउँदै अध्यक्ष तिवारीले एकै पटक कर लिँदा प्रत्येक होटलले ४ देखि ५ लाखभन्दा बढी महानगरलाई तिर्नु पर्ने बताए । उनका अनुसार कर नयाँ बसपार्क क्षेत्रको समस्याको रुपमा रहेको छ ।

 

नयाँ बसपार्क क्षेत्रको होटलको अवस्था
सरोकारवालाहरु विद्यमान अमानवीय क्रियाकलापलाई पनि यो क्षेत्रको समस्याका रुपमा लिन्छन् । उनीहरुका अनुसार होटल व्यवसायी तथा यातायात व्यवसायीहरुको ज्यदती, सडकमा रहेको भारतीय नागरिकको ‘भिख आतङ्क’ तथा होटल व्यवसायीको धन्दा, यौन व्यापार, लागू औषध कारोबार तथा मानव बेचबिखन जस्तो जघन्य अपराधको कार्य यो क्षेत्रको ठूलो समस्या हो । त्यस्तै रात्रीकालिन व्यबसाय डान्सबार, दोहोरी साँझ लगाएतको होहल्लाले पनि गोंगबु क्षेत्रलाई बदनाम गर्न मद्दत गरेको छ ।

 

के पाइँदैन नयाँ बसपार्कमा ?
नयाँ बसपार्क क्षेत्रमा सबै कुराको व्यबस्था हुने प्रचार भित्रभित्रै हुने गरेको छ । यस क्षेत्रमा फष्टाउँदै गएको यौनधन्दाको पनि बेला बेलामा चर्चा परिचर्चा हुन्छ । कतिपय ग्राहकहरु यौनकर्मीहरुले दिने सेवाको उपभोग गर्न पनि लालयित हुने गरेका छन् ।

धेरैले के भन्छन् भने– नयाँ बसपार्क क्षेत्रमा नानीदेखि पानीसम्म सबथोक पाइन्छ । यो कुरामा सम्भवतः कोही पनि बेखबर छैन । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेल यसलाई छिटै अन्त्य गर्ने बताउँछन् । यस क्षेत्रको डान्स बार तथा दोहोरी साँझले यस्तो कार्य गर्ने गरेको र प्रहरी त्यसउपर कारवाही प्रक्रियामा जाने पोखरेलले उल्लेख गरे ।

 

व्यवसायीको प्रतिबद्धता
शनिबार एक कार्यक्रम गरी नेपाली होटल व्यवसायी संघ, बालाजु होटेल व्यवसायी संघ, काठमाडौं होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघको सयुक्त कार्यक्रमा नयाँ बसपार्क क्षेत्रमा रहेको सबै समस्या समाधानका लागि व्यवसायीले आफूहरु तयार हरेको बताएका छन् । नेपाल प्रहरी सहितको उक्त कार्ययक्रमा उनिहरुले बसपार्क क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन नेपाल प्रहरीलाई सहयोग गर्ने बताएका हुन् ।

 

प्रहरीको तैयारी
नयाँ बसपार्कलगाएत काठमाडौंका सबै क्षेत्रलाई सुशासित र मर्यादित बनाउन प्रहरीले कुनै किसिमको बिचौलियालाई नछाड्ने नीति लिएको माहानगरीय प्रहरी परिसर का प्रमुख पोखरेलले जानकारी दिए । अनैतिक क्रियाकलाप गर्ने व्यवसायीको लिस्ट तयार गरीसकेको र सबैलाई चेतावनीस्वरुप सच्चिन समय दिएकको पोखरेलले बताए ।

अटेर गरेमा कानुनी कारवाहीको भागीदार हुने पनि उनले बताए । महानगरले थप ३० जना प्रहरी जनशक्ति यही मिसनको लागि थपेको पनि पोखरेलले जानकारी दिए ।

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु