गृहपृष्ठ कैलालीका नदीमा दुर्लभ ४७ डल्फिन भेटिए
कैलालीका नदीमा दुर्लभ ४७ डल्फिन भेटिए
विज्ञ भन्छन्– संरक्षणमा चुनौती
कैलालीको विभिन्न नदीमा ४७ वटा डल्फिन भेटिएको छ । कैलालीको मोहोना, पथरैया, काडा, तथा कान्द्रा नदीको ३७ स्थानमा गरिएको गणनामा दुर्लभ गङ्गेटिक प्रजातिका ४७ वटा डल्फिन भेटिएको हो । प्राणीविज्ञ तथा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. मुकेशकुमार चालीसेले ३७ स्थानमा गरिएको गणनाको क्रममा १२ वटा बच्चा, २४ बयस्क सहित ४७ डल्फीन फेला परेको जानकारी दिए । गणनाको क्रममा करिब २५ प्रतिशत बच्चा फेला पर्नु सकारात्मक भएको उनले वताए । उनले सबैभन्दा बढी बैदी स्थित मोहना–पथरैया नदीको दोभान डल्फिन देखा परेको जानकारी दिए ।
यो क्षेत्र नेपालमै धेरै डल्फिन पाइने क्षेत्र मानिन्छ । उनले नदीमा पानी कम भएको र विगत केहि दिनदेखि पानी कम परेका कारण डल्फिन केहि कम देखिएको समेत वताए । गणना गरिएको १३ ठाउँमा भने डल्फिन नदेखिएको डल्फिन संरक्षणमा विगत २० वर्षदेखि सक्रिय संरक्षणकर्मी विजयराज श्रेष्ठले वताए । विगत २० वर्षदेखि डल्फिन संरक्षणको क्षेत्रमा काम गर्दे आएको ढुङ्गाना टोल स्थीत डल्फिन संरक्षण केन्द्र कैलालीको र नेपाल जैविक विविधता समाजले संयुक्त रुपमा डल्फिनको गणना गरेको हो । शनिवार विहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा डल्फिन गणना गरिएको थियोे ।
यसअघि, २०७२ सालमा गरिएको गणनाका क्रममा ६३ डल्फिन फेला गरेका थिए । डल्फिन संरक्षणको प्रयास निरन्तर भएपनि नदीको गहिराई घट्दै गएको, ठूलो जालको प्रयोगले माछा मरेको र विषादीको कारण संरक्षणमा चुनौती थपिएको विज्ञहरुको भनाइ छ ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले डकैलालीका नदीमा दुर्लभ ४७ डल्फिन भेटिएल्फिन संरक्षणका लागि अभियान सुरु गरिने बताए । थापाले केहि दिनमै डल्फिन संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न १ महिने डल्फिन महोत्सवको आयोजनाको घोषणा गर्ने जानकार दिए । विश्वमै दुर्लभ मानिएको स्वच्छ पानीमा बस्न रुचाउने गङ्गेटिक डल्फिनलाई कैलालीमा नजिकबाट अवलोकन गर्न पाईन्छ ।
प्रकाशित समय १०:०६ बजे

















