गृहपृष्ठ पोखरा विमानस्थलको निर्माण ३० प्रतिशत सकियो
पोखरा विमानस्थलको निर्माण ३० प्रतिशत सकियो
एप्रोन बन्यो, ७० प्रतिशत रन वे निर्माण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण लक्ष्य अनुरुप तीब्र भएको छ ।
आर्थिक वर्षको मसान्तसम्म पोखरा विमानस्थल निमार्ण ३५ प्रतिशत पुर्याउने लक्ष्य अनुरुप काम गरिरहेको आयोजनना प्रमुख विनेस मुनाकर्मीले बताए ।
पोखरा विमानस्थल निमार्णको हाल करिब ३० प्रतिशत भन्दाबढी काम पूरा भएको छ । आगामी ४ महिनाभित्र लक्ष्य भन्दा ५ प्रतिशत बढी अर्थात ४० प्रतिशत निमार्ण हुने प्रमुख मुनाकर्मीले बताए । निमार्ण सुरु भएको १५ महिनामा एप्रोन (पार्किङ) निमार्ण भएको छ । यो अवधिमा ५ वटा भवन बनिसकेको छ । ९ वटा भवन निर्माणको क्रममा छन् । ह्याङगर, वेष्ट ट्रान्सफर, सिवेज स्टेशन, सेन्ट्रल बस स्टेशन र स्पेशल भिएकल ग्यारेज निमार्ण बनिसकेका छन् ।
रन वेको ७० प्रतिशत काम सकिएको प्रमुख मुनाकर्मीले बताए । विमानस्थलमा माटो कटान तर्फ ७० प्रतिशत काम सकिएको छ । सन् २०१९ भित्र विमानस्थलको ६० प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ । दैनिक ४ सय ५० मजदुरले जनाले काम गर्दै आएका छन् । २५ देखि ३० प्रतिशत बाँकी काम भने अन्तिम ६ महिनाभित्र हुने आयोजनाको भनाइ छ ।
अझै पनि ५ प्रतिशत जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ । ९५ प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ । लिन नआएकोले केहीको मुआब्जा बाँकी रहेको आयोजनाले जनाएको छ ।
जहाज वेका लागि दक्षिणतर्फ ६० रोपनी जग्गा आवश्यक भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । रिठ्ठेपानी डाँडा कटानको समेत तयारी भएको आयोजनाले जनाएको छ । स्थानीय सरोकारवाला निकायसँग समन्वय गरी २४ मिटर डाँडा कटान गरिने छ । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा काट्न लागिएको हो ।
पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गरिँदै छ । हाल ट्«याक तयार पारिएको छ । अब एक वर्षमा रिङरोड बन्नेछ ।
चिनियाँ कम्पनी सीएमसीका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले नेपाल सरकारले तोकेको समय सिमा भन्दा २–४ महिनाअघिनै निर्माणको काम सक्ने बताए । सबैको साथ पाए २०२० भित्रै विमानस्थल बनाइसक्ने चापागाईको भनाइ छ ।
पोखरा विमानस्थल करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो ।
प्रकाशित समय ०६:३८ बजे

















