गृहपृष्ठ पप्पुको दोष छैन, काम गर्न पाउनु पर्छ : कोइराला

पप्पुको दोष छैन, काम गर्न पाउनु पर्छ : कोइराला

humnath-koirala

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले आलोचित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कानुनी रुपमा दोषी नरहेको बताएका छन् । एक कार्यक्रमा उनले पप्पु कन्स्ट्रक्सनले नेपालको विद्यमान खरिद ऐन अनुसार नै सबै काम गर्ने भएकाले दोषी नरहेको उल्लेख गर्दै उसले काम गर्न पाउनु पर्ने बताएका छन् ।

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको काम समयमा नै नसकेको र गरेका काम पनि गुणस्तरहीन भएको भन्दै आलोचित निर्माण कम्पनीको रुपमा रहेको छ ।

‘नेपालको कानुनले पप्पुलाई कार्बाही गरेको छैन, पप्पुले काम गर्न पाउनु पर्छ,’ कोइरालाले भने, ‘पप्पुलाई टेन्डर हाल्न दिएको छ, नेपालको कानुन अनुसार कम मूल्यमा टेन्डर जस्ले हाल्छ, उसलाई काम दिनु पर्छ, पप्पुले काम मूल्यमा टेन्डर हाल्छ, कानुन संवतरुपमा उसले काम पाउँछ ।’

आलोचित पप्पु कन्स्ट्रक्सनले भर्खरै मात्र चिनिया निर्माण कम्पनीसँगको जोइन्ट भेन्चरमा नेपाल राष्ट्र बैंकको भवन निर्माण गर्ने जिम्मा पाएको छ ।

नेपालको कानुन अनुसार काम गरेको भन्दै ८० प्रतिशत गल्ती सरकारी निकायको रहेको उनको भनाइ छ । खरिद ऐनको समस्याको कारण जनताले निर्माण व्यवसायीलाई गल्ती देखे पनि २० प्रतिशत मात्र निर्माण कम्पानीले गल्ती गर्ने उनले बताए ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु