गृहपृष्ठ प्रधानमन्त्रीले ३१ वर्षपछि गरे सडकको पुनः शिलान्यास

प्रधानमन्त्रीले ३१ वर्षपछि गरे सडकको पुनः शिलान्यास

pm_udghatan

३१ वर्ष अघि शिलान्यास भएको सडकलाई कालोपत्रे गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुन: शिलान्यास गरेका छन् । सहजपुर-बोगटान सडकको मंगलबार प्रधानमन्त्री ओलीले पुनः शिलान्यास गरेका हुन् ।

सो सडक २०४४ सालमा तत्कालीन जिल्ला पञ्चायतका सभापति तथा अहिलेको प्रदेशसभा सदस्य भरतबहादुर खड्काले शिलान्यास गरेका थिए ।

सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले डोटीको सडक शिलान्यास भएका क्षेत्रका अन्य समस्या समाधानका लागि पहल गर्ने बताए । सडकसँगै अन्य मागहरु ज्ञापनपत्रमार्फत बुझाइएकोले ती ज्ञापनपत्रमा लेखिएका मागहरु पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरे ।

यअसघि प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुले धनगढी विमानस्थलमा स्वागत गरेका थिए । यस्तै प्रधानमन्त्री ओलीले डडेल्धुराको स्याउलेमा बनेको चमेलिया जलविद्युत आयोजनाको सबस्टेसन पनि मंगलबारै उद्धघाटन गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले बुधबार विहान सुदूरपश्चिम प्रदेशसभालाई विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेशसभामा तयारी गरिएको छ भने सम्बोधनको तयारी पनि पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार नै धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु