गृहपृष्ठ कालाबजारी गरेको अभियोगमा एक पक्राउ

कालाबजारी गरेको अभियोगमा एक पक्राउ

वीरगन्ज महानगरपालिका १ छप्कैयाबाट कालाबजारी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जगनारायण पटेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनमा खटिएको प्रहरी टोलीले बजार मूल्यभन्दा दोब्बर, तेब्बर मूल्यमा आलु र प्याज बेचिरहेको भेटेपछि पटेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु