गृहपृष्ठ राहत कोषमा गोरखा लाहारीको ११ लाख सहयोग

राहत कोषमा गोरखा लाहारीको ११ लाख सहयोग

गोरखा लाहारी प्रालिले सरकारको राहत कोषमा ११ लाख रूपैया सहयोग उपलब्ध गराएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै बागमती प्रदेश स्तरीय राहत कोषमा १० लाख र जिल्ला स्तरीय कोषमा १ लाख रूपैयाँ सहयोग गरेको हो ।

देशमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले स्थापना गरेको कोषमा सहयोग रकम उपलब्ध गराएको गोरखा लाहारीका सञ्चालक बजरंगसिंह तवरले जानकारी दिए । ‘कोरोनाभाइरसविरुद्ध विश्व समुदायसँगै हाम्रो देश पनि लडिरहेको वर्तमान परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग उपलब्ध गराएका हौं,’ उनले भने । राहत रकम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुझेका छन् ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु