गृहपृष्ठ सनराइज बैंकद्वारा बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग

सनराइज बैंकद्वारा बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग

सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका बीच देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षणका लागि शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थीका लागि दुई लाख २५ हजार आर्थिक सहयोग गरेको हो ।

पछिल्लो समय विद्याश्रममा बस्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भएअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको सनराइज बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा दुई लाख २५ हजार नगदको चेकका साथै पुजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु