गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टाको अल्टिमेटम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टाको अल्टिमेटम
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको छ । दशैं, तिहार, छठ जस्ता चाडपर्व सुरु हुन लाग्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सवारी साधन चलाउन कठिन हुने भन्दै महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको हो ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार विज्ञप्ति निकालेर मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । मूल्यवृद्धि फिर्ता नभए दशैंका लागि टिकट बुकिङ खुला नगर्ने महासंले चेतावनी दिएको छ ।
व्यवसायी र सरकार असोज ५ गते अग्रिम बुकिङ खुला गर्न सहमत भएका थिए । तर, सोमबार पेट्रोलियम पदार्थको मुल्य बढेपछि महासंघले बुकिङ खुला नगर्ने चेतावनी दिएको हो ।
प्रकाशित समय १४:५४ बजे