गृहपृष्ठ प्रभु बैंकका सेयरधनीले सात वर्षपछि पाउने भए लाभांश

प्रभु बैंकका सेयरधनीले सात वर्षपछि पाउने भए लाभांश

प्रभु बैंकका सेयरधनीले १०.२६३ प्रतिशत लाभांश पाउने भएका छन् । आइतबार बसेको बैंक संचालक समितिको १३५५ औं बैठकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ । बैंकले यसअघि २०६६–०६७ मा सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु