गृहपृष्ठ सानिमा बैंक र म्याक्स हेल्थ केयर ईन्स्टिच्युटबीच सम्झौता
सानिमा बैंक र म्याक्स हेल्थ केयर ईन्स्टिच्युटबीच सम्झौता
सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयरका सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरे ।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । यस संस्थाको १४ वटा साझेदार अस्पताल छन् ।
सम्झौताअनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थ केयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सकिने छ । सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशतसम्म छुटसमेत उपलब्ध हुने बताइएको छ ।
प्रकाशित समय १६:५५ बजे

















