गृहपृष्ठ भृकुटीमण्डपमा जुत्ता मेला सुरु, ५० प्रतिशतसम्म छुट
भृकुटीमण्डपमा जुत्ता मेला सुरु, ५० प्रतिशतसम्म छुट
भृकुटीमण्डपको भित्र छिर्ने बितिकै दायाँतिर नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला बिहिबारदेखि सुरु भएको छ ।
नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवास, रन शु र शुल्याण्डले ग्राहक सङको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।
१५ देखि ५० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सयदेखि एक हजार सम्मका पाइन्छन् । अन्य बेला यस्ता मेला भन्दा यस पटको मेला फरक रहेको छ ।
हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुबै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।
प्रकाशित समय ०८:२० बजे

















