गृहपृष्ठ मंगलबार सुनको मूल्य ४ सय रूपैयाँले उकालो

मंगलबार सुनको मूल्य ४ सय रूपैयाँले उकालो

लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज भने ४ सय रूपैयाँले उकालो लागेको छ । सोमबार ९१ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको लागि तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँ तोकिएको छ । सोमबार स्थिर चाँदीको मूल्य आज १० रूपैयाँ बढेर प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित समय ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु