गृहपृष्ठ साताको अन्तिम दिन सुनको मूल्य घट्यो
साताको अन्तिम दिन सुनको मूल्य घट्यो
बिहीबार ६ सय रूपैयाँ बढेको सुन साताको अन्तिम दिन शुक्रबार भने २ सय रूपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा १५ रूपैयाँले घटेको छ । आज चाँदी एक हजार २७५ रूपैयाँ मूल्य निर्धारण भएको छ ।
प्रकाशित समय ११:१६ बजे

















