गृहपृष्ठ सोनापुर मिनरलको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

सोनापुर मिनरलको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । यस कम्पनीेसँग उच्चस्तरीय र गुणस्तरीय चुनढुंगा छन् ।

उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले मिति बुधबार हस्ताक्षर गरेका छन् । यस कम्पनीले २ करोड कित्ता सेयर स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु