गृहपृष्ठ छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो राजधानीमा सुरु (फोटो फिचरसहित)
छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो राजधानीमा सुरु (फोटो फिचरसहित)
फर्निचर तथा फर्निसिङ सामग्रीहरुको बृहत प्रदर्शनी
फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स) २०१८ बिहीबारबाट राजधानीमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले विशेष समारोहबीच एक्स्पोको उद्घाटन गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ सघले आयोजना गरेको एक्स्पो असोज ८ सम्म चल्नेछ । सयभन्दा बढी स्टल रहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त फर्निचर सामग्री प्रदर्शनीमा राखिएको फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

किचन, बेडरुम र बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बल, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाएन्सेस र मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीका मुख्य आकर्षण बनेका छन् ।
एक्स्पोको छैटौं संस्करणको व्यवस्थापक इभेन्ट सोलुसन प्रालि रहेको छ भने प्रवर्द्धन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले गरेका छन् । संघले २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना गर्दै आएको छ ।













(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १७:०९ बजे

















