गृहपृष्ठ लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटक बढे
लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटक बढे
DCIM100MEDIA
बुटवल– बुद्ध जन्मस्थल लुम्बिनी प्रवर्धनात्मक कार्यक्रम बढेसँगै लुम्बिनीमा विदेशी पर्यटकको आगमनमा आंशिक वृद्धि भएको छ । लुम्बिनी विकास कोषस्थित सूचना शाखाले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार सन् २०१७ मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा विदेशी पर्यटक आगमन केही बढेको हो ।
सन् २०१७ को मे महिनामा दुई हजार ६ सय ३९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा सन् २०१८ मे महिनामा दुई हजार सात सय सात विदेशी लुम्बिनी भित्रिएका छन् । यो वर्षको मे महिनामा एक हजार तीन सय २८ जना चिनियाँ, तीन सय ९३ जना थाई र दुई सय २५ जना जर्मन नागरिकले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाली नागरिकको लुम्बिनी आगमनमा वृद्धि भएको छ । गत वर्ष मे महिनामा ४० हजार २१ जना नेपाली पर्यटकले लुम्बिनी पुगेकोमा यो वर्षको मे महिनामा ४१ हजार चार सय १८ जना नेपाली पर्यटकले लुम्बिनी दर्शन गरेको सूचना शाखाले जनाएको छ ।
प्रकाशित समय १९:२० बजे

















