गृहपृष्ठ राष्ट्रपति रनिङ सिल्डको उपाधि सुर्खेतलाई
राष्ट्रपति रनिङ सिल्डको उपाधि सुर्खेतलाई
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सुर्खेतले हात पारेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा जुम्ला द्वितीय भएको छ भने सल्यानले तेस्रो स्थान हासिल गरेको हो ।
तीन दिनसम्म चलेको प्रतियोगितामामा प्रथम सुर्खेत जिल्लाले २५ स्वर्ण, १० रजत र १३ काश्य पदक जितेको छ । त्यस्तै प्रतियोगीतामा द्वितीय स्थान हासिल गरेको जुम्लाले ९ स्वर्ण, ८ रजत र ९ काश्य पदक हात पारेको छ । तृतीय स्थान हांसील गरेको जिल्ला सल्यानले ७ स्वर्ण, ९ रजत र ११ काश्य पदक जितेको छ । प्रथम, द्वितीय र तृतीय हुने जिल्लालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सांसद गुलाबजंग शाहले खेलकुद क्षेत्रले हरेक व्यक्तिलाई अनुशासित बनाउने भएकाले यसको विकास गर्नुपर्ने बताए । खेलकुदले गाउँदेखि जिल्ला हुँदै समग्र देशको पहिचानलाई उजागर गर्ने उनको भनाइ छ ।
खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य शान्ति सिंहले यही जेठ २४ र २५ गते काठमाडौंमा हुने प्रतियोगितामा धेरै पदक कर्णालीले नै जित्ने दावी गरिन् ।
प्रतियोगितामा पुरुष कपर्दीतर्पm सल्यान प्रथम र द्वितीय दैलेख भए भने महिला कपर्दीतर्पm सुर्खेत प्रथम र द्वितीय दैलेख जिल्ला नै भएको छ । त्यस्तै, महिला भलिवलमा सल्यान प्रथम, द्वितीय कालिकोट र तृतिय स्थान जुम्लाले हात पारेको छ । पुरुष तर्पm भने सल्यान प्रथम, रुकुम द्वितीय र तृतिय स्थान सुर्खेतले हाँसिल ग¥यो ।
भलिवल (छात्रा) तर्फ सल्यानकी लिला के.सी र छात्र तर्फ सल्यानकै रञ्जित वि.क. उत्कृष्ट खेलाडी घोषित भएका छन् । कपर्दीमा छात्रा तर्फ सुर्खेतकी देवीका थापा र छात्रतर्फ सल्यानका नवराज क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । कराँतेमा उत्कृष्ट छात्रा एलिना थापा मगर र छात्र तर्फ चिरन थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, तेक्वान्दोमा छात्र तर्फ लक्ष्मण गुरुङ(दैलेख) र छात्रा तर्फ मनिषा वि.क.(सुर्खेत), उत्कृष्ट भएका छन् । उसु खेलमा छात्रतर्फ कृष्ण सिंह(सुर्खेत) र छात्रातर्फ मालिका सार्की(सुर्खेत) उत्कृष्ट खेलाडी घोषित भए । एथ्लेटिक्स तर्फ नवराज रावत(जुम्ला) उत्कृष्ट खेलाडी भए ।
प्रकाशित समय १९:१६ बजे

















