गृहपृष्ठ बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्रा शुरु

बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्रा शुरु

अछाम । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्रा शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।
उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश कुँवरले बताए । देशैभरि विभिन्न नदीमा र्याफ्टिङ सेवा सञ्चालन गरेको कम्पनीले नेपालका चार धाममध्येको एक वैद्यनाथ धाम र प्रसिद्ध धार्मिक पर्यटकीयस्थल जिमराडी क्षेत्रमा जलयात्रा सञ्चालन गरेको हो ।
साँफेदेखि चित्रेसम्मको करीब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गराएवापत एकजनाबाट खानाको व्यवस्थासहित रु एक हजार ५०० लिइने र समूहगत भएमा विशेष छुट प्रदान गरिने उक्त कम्पनीले जनाएको छ । अछामको बूढीगंगा र कैलाशमा सजिलै र्याफ्टिङ गराउन सकिने र आ

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु