गृहपृष्ठ पर्यटन वर्ष सफल पार्न सबै जुटौं : टान

पर्यटन वर्ष सफल पार्न सबै जुटौं : टान

पर्यटन वर्ष सन् २०२० सफल पार्न नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका व्यावसायिक संघ-संस्थालगायत सबैको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले नेपाल भ्रमण वर्ष सफल पार्न सबै क्षेत्रको उत्तिकै भूमिका रहने बताए ।

‘नेपालको पर्यटन क्षेत्रमा औपचारिक शिक्षा हासिल गरेका युवालाई आकर्षित गर्न जरुरी छ,’ उनले भने, ‘त्यस क्षेत्रका विज्ञ र पछिल्लो पटक मिस टुरिजमका विजेताको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्छ ।’

कार्यक्रममा मिस टुरिजम-२०१८ मनिता पौडेल, मिस टुरिजम-२०१८ का फस्ट रनर अप प्रकृति ढकाल र मिस टुरिजम-२०१८ सेकेन्ड रनरअप श्रुति थापालाई सम्मान गरिएको छ । प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा युवा सहभागिता वृद्धि गर्ने उद्देश्यले मिस टुरिजम आयोजना गरिँदै आएको बताए ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु