गृहपृष्ठ ‘पाटा ट्राभल मार्टमा नेपालको सहभागिता प्रभावकारी’

‘पाटा ट्राभल मार्टमा नेपालको सहभागिता प्रभावकारी’

pata-nepal-newskarobar

मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औं संस्करणमा ‘नेपाल पेभिलियन’ अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जनाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा मिडिया प्रतिनिधिसहित सेप्टेम्बर १२ देखि १४ सम्म चलेको पाटा ट्राभल मार्टमा नेपालको बलियो उपस्थिति रहेको हो ।

मलेसिया सरकारले होस्ट गरेको पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट अभिवादन एक्सपिडिसन होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज टे«किङ एन्ड टुर्स, लाङटाङ री ट्रेकिङ एन्ड एक्सपिडिसन, सांग्रिला होटल एन्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स र अप एभरेस्ट ट्राभल्स एन्ड टुर्स गरी १० वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीले भाग लिएका छन् ।

पाटा ट्राभल मार्ट २०१८ मा विश्वभरका ७० गन्तव्यबाट १४ सय संघसंस्था तथा स्थानीयले सहभागिता जनाएका छन् । जसमा २ सय ८ वटा संघसंस्था र ३३ स्थानीय गरी ३ सय ८९ विक्रेता र २४१ संस्था तथा ५३ स्रोत बजारबाट २५२ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवर्धन भेटघाट/छलफल कार्यक्रम आयोजना भएको थियो ।

पाटाले नेपाल, बंगलादेश, सिंगापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेसनललाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेसनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

सेप्टेम्बर १३ मा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताबारे अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिसामु प्रस्तुत गर्दै उठेका प्र्रश्नहरुको जवाफ दिएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारसामु देखाउने अनुपम अवसर भएको बताए ।

पाटा ट्राभल मार्टमा राखिएको नेपालको स्टलमा दर्शकको आकर्षण थियो । खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएको नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तु सजाइएको थियो ।

pata-nepal-newskarobar

सेप्टेम्बर १५ का दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेसन समारोहबीच पाटा नेपाल च्याप्टरलाई पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड प्रदान गरियो । पाटा ट्राभल मार्ट जस्ता कार्यक्रम नेपाली टुरिजम प्रोडक्ट तथा गन्तव्यलाई विश्व पर्यटन बजारमा प्रवर्धन गर्ने एक महत्वपूर्ण मञ्च भएको पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले बताए । त्यस्तै, सिइओ सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेस्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको धारणा राखे ।

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई अझ सशक्त प्रचार गर्न पाटा ट्राभल मार्ट २०१८ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । लाउन्जमा २ सयभन्दा बढी अन्तर्राष्ट्रिय बायर्सहरु पुगेर व्यापारिक छलफल तथा नेपाल गन्तव्यबारे चासो राखेका थिए ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु