गृहपृष्ठ नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित व्यक्ति फेला
नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित व्यक्ति फेला
नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित व्यक्ति फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।
सहप्रवक्ता दाहालका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको ती व्यक्तिको नमूनामा पोजेटिभ भेटिएको हो । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोनभाइरसको संक्रमण देखिएको थियो । चीनबाट आएका संक्रमित निको भएर घर फर्किसकेका छन् भने फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवतीको उपचार भइरहेको छ ।
हालसम्म नेपालमा नमूना परिक्षण गरिएका ६८७ जनामध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
प्रकाशित समय १२:४७ बजे

















