गृहपृष्ठ सरकारले गुणस्तरको वेवास्ता गर्दै स्रोत नखुलेको मेडिकल सामग्री महँगोमा खरिद गरेको आरोप
सरकारले गुणस्तरको वेवास्ता गर्दै स्रोत नखुलेको मेडिकल सामग्री महँगोमा खरिद गरेको आरोप
पीपीई तथा कोरोना परीक्षण किट लगायतका मेडिकल सामग्री खरिदमा सरकारले गुणस्तरकाे वेवास्ता गरेकाे रसायन तथा मेडिकल आपूर्ति संघले दावी गरेको छ । सरकारले निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी चीनबाट मेडिकल सामग्री खरिद गरेको संघको आरोप छ ।
संघद्वारा आइतबार जारी विज्ञप्तिमा ‘प्रचलित बजारभाउभन्दा अधिक मूल्यमा आधिकारिक स्रोत नखुलेका मेडिकल सामग्री गुणस्तरको समेत वेवास्ता गर्दै खरिद गरिएको’ भनिएको छ । सरकारका लागि आवश्यक पर्ने मेडिकल सामग्री आपूर्तिका लागि स्वास्थ्य सेवा विभागसँग स्वास्थ्य मन्त्रालयमा पटक-पटक छलफल गरेको तर खरिद प्रक्रियाको अन्तिम चरणमा आफूहरूलाई संलग्न नगराई सरकारले सीमित व्यवसायीलाई खरिदको जिम्मा दिएको संघकाे आराेप छ ।
संघको विज्ञप्ति :

प्रकाशित समय १९:१६ बजे

















