गृहपृष्ठ ‘रुघाखोकीका बिरामीको उपचारमा हेलचेक्र्याईं गर्ने अस्पताल र चिकित्सकको सूची पठाउनू’

‘रुघाखोकीका बिरामीको उपचारमा हेलचेक्र्याईं गर्ने अस्पताल र चिकित्सकको सूची पठाउनू’

कोरोना संक्रमणविरूद्ध सम्पूर्ण शक्ति लगाउन सुरक्षा निकायलाई निर्देशन

प्रदेश २ सरकारले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सम्पूर्ण व्यवस्था गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले अहिलेको अवस्थामा देश र जनताको जनधनको सुरक्षाका लागि सम्पूर्ण शक्ति लगाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

‘कोरोना भाइरस नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्नु परे पनि पछि नहट्नु होला,’ मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । मुख्यमन्त्रीको कार्यालयमा भएको बैठकमा ८ वटै जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु सहभागी थिए ।

अस्पतालहरुमा सामान्य रुघाखोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचेक्र्याईं गरिरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुको सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनसमेत दिएका छन् । राज्यको सेवा र सुविधा लिने सबैले अहिलेको महामारीको समयमा सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिवद्धतासमेत जनाए ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु