गृहपृष्ठ कोरोनाबाट अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु
कोरोनाबाट अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यसअगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो ।
योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या पाँच पुगेको छ । शनिबार निधन भएकाहरूमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । उनीहरू सबै न्युयोर्कमा बस्दै आएका थिए ।
निधन भएकाको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताएका छन् । (रासस)
प्रकाशित समय २०:१७ बजे

















