गृहपृष्ठ रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि
रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या १४ पुग्यो
रौतहटमा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
आज नै कैलालीको लम्कीचुहा नगरपालिका- १ मा ६५ वर्षीया एक महिलाकाे नमूना परीक्षणकाे रिपाेर्ट पाेजेटिभ आएकाे थियाे । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एकजना निको भइसकेका छन् ।
प्रकाशित समय १६:३३ बजे

















