गृहपृष्ठ अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे ६१ हजार नाघ्यो

अमेरिकामा ज्यान गुमाउनेको संख्या साढे ६१ हजार नाघ्यो

american_flag

कोभिड १९ कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ६१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई हजार ३६९ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६१ हजार ६३५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा अमेरिकामा २८ हजार ९८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै अहिले अमेरिकामा १० लाख ६३ हजार ८६३ जनामा कोरोना देखिएको हो । योमध्ये एक लाख ४७ हजार ११४ जनाको सफल उपचार भइसकेको छ भने ८६ हजारको उपचार भइरहेको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकामा अझै पनि १८ हजार ६७१ जना संक्रमितको अवस्था गम्भीर रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । त्यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । इटालीमा साढे २७ हजार, फ्रान्समा २४ हजार, यूकेमा २६ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु