गृहपृष्ठ विषालु च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भीर

विषालु च्याउ खाँदा एकै परिवारका पाँच बिरामी, दुई जनाको अवस्था गम्भीर

Fungi Perfecti Mushroom farm

वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका ५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उहाँको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल बिरामी भएका हुन् ।

उनीहरु सोमबार बिहान घरनजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेका थिए । बिरामी परेपछि उनीहरुलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए । (रासस)

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु