गृहपृष्ठ नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो
नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । बिहीबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ एक जनामा संक्रमण भएको पुष्टि भएपछि संक्रमितको संख्या २४६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासीको देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । संक्रमित भएका उक्त पुरुषको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा राखिएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १३:०७ बजे

















