गृहपृष्ठ एनआईसी एशियाका ऋणीलाई जेठमा पनि ब्याजमा १० प्रतिशत छुट
एनआईसी एशियाका ऋणीलाई जेठमा पनि ब्याजमा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकले जेठमा पनि ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार २०७६ चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत र १० प्रतिशत ब्याज छुट तथा शतप्रतिशत जरिवाना छुट गरेको थियो । बैंकले वैशाखमा पनि १० प्रतिशत र शतप्रतिशत जरिवाना छुट दिएको थियो ।
कोभिड १९ महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै जेठका लागि समेत १० प्रतिशत छुटको योजना लागू गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । जसअनुसार बैंकले राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटका अलावा जेठसम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्णरुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो ।
प्रकाशित समय १३:०१ बजे

















