गृहपृष्ठ धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएकी महिलाको मृत्यु
धुलिखेल अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएकी महिलाको मृत्यु
कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएकी एक सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको छ ।
काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एकहप्ताअघि बच्चा जन्माएकी ती महिलामा कोरोना संक्रमणको आशंका अस्पताल सिल गरिएकाे हाे । मृतक सुत्केरी महिलाको स्वाब परीक्षण अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।
सिन्धुपाल्चोक, बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको उपचारका क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो । त्रिवि अस्पतालबाट घर फर्किएपछि कोरोना भाइरसको जस्तो लक्षण देखिएको र उनलाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो ।
काभ्रेका एसपी रविकुमार पौडेलले अहिले जिल्लामा सावधानी अपनाइएको जानकारी दिए ।
प्रकाशित समय १६:१२ बजे

















