गृहपृष्ठ नेपालमा थप २७९ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या ४,३६४ पुग्यो

नेपालमा थप २७९ जना थपिए कोरोनाका बिरामी, संक्रमितको संख्या ४,३६४ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ । गएको २४ घण्टामा मात्रै २७९ जना थपिएपछि संक्रमितको संख्या चार हजार ३६४ पुगेको हो ।

बुधबारसम्म नेपालमा एक लाख १० हजार ७४४ जनामा गरिएको परीक्षण गरिएको छ । गएको २४ घण्टामा मात्रै चार हजार ४१३ जनामा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार आज मात्रै ९० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु