गृहपृष्ठ २७३ जना कोरोना संक्रमित थपिए

२७३ जना कोरोना संक्रमित थपिए

नेपालका कोरोना संक्रमितको संख्या ५३३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र नेपालमा २७३ जना कोरोना संक्रमित थपिएका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३६ जना कोरोनामुक्त भएको जानकारी  दिए । संक्रमितमध्ये अहिलेसम्म ९ सय १३ जना घर फर्किएका छन् भने १६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु