गृहपृष्ठ यी हुन् कोरोना संक्रमण नपुगेको नेपालका ४ जिल्ला

यी हुन् कोरोना संक्रमण नपुगेको नेपालका ४ जिल्ला

नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगिसकेको छ । उनीहरुमध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मात्र ४ सय ५१ जना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ ।

यसैगरी हालसम्म १ हजार ४१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ९ सय ३७ पुरुष र १ सय ४ जना महिला कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको पाँच महिना भएको छ । चीनको हुवेई प्रान्तको राजधानी उहान सहरबाट फर्किएका एक नेपाली विद्यार्थीमा पहिलोपटक गत माघ पहिलो साता कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा सोमबार दिएको जानकारी अनुसार नेपालका ७३  जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । पछिल्लोपटक रुकुम पश्चिममा संक्रमण देखिएको हो ।

नेपालका चार जिल्ला भने अहिलेसम्म कोरोना संक्रमणमुक्त छन् । गण्डकी प्रदेशमा रहेको ‘हिमालपारिका जिल्ला’ भनिने मनाङ र मुस्ताङमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । त्यस्तै रसुवा र ओखलढुंगामा पनि सोमबारसम्म संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रसुवा वाग्मती र ओखलढुंगा प्रदेश १ का जिल्लाहरू हुन् ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु