गृहपृष्ठ मुस्ताङमा पनि पुग्यो कोरोना संक्रमण, ८३ वर्षीय वृद्ध संक्रमित

मुस्ताङमा पनि पुग्यो कोरोना संक्रमण, ८३ वर्षीय वृद्ध संक्रमित

गण्डकी प्रदेशमा शनिबार थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

मुस्ताङमा पनि कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं मुस्ताङ पुगेका मुस्ताङको घरपजोङ गाउँपालिकाका- १ का ८३ वर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी

तनहुँमा २, नवलपरासीमा १८, बाग्लुङमा‌ २९ र मुस्ताङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार थपिएका सबै संक्रमितहरू सम्बन्धित पालिकाको क्वारेन्टिनमा रहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा. शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

अब कोरोना संक्रमण फैलिएकाे जिल्ला ७५ पुगेको छ । रसुवा र ओखलढुंगामा अहिलेसम्म संक्रमण देखिएकाे छैन ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु