गृहपृष्ठ निजी विद्यालयलाई अनेरास्ववियूको चेतावनी- लकडाउन अवधिको शुल्क नलिनू
निजी विद्यालयलाई अनेरास्ववियूको चेतावनी- लकडाउन अवधिको शुल्क नलिनू
सत्तारुढ दलकै विद्यार्थी संगठनले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयहरूलाई चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार विज्ञप्ति जारी गर्दै सो अवधिको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरेको छ ।
‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको आह्वानको हामी घोरनिन्दा र भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै यस प्रकारको असान्दर्भिक र अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्नसमेत चेतावनी दिन चाहन्छौं ।’
प्याब्सन र एन-प्याब्सनले आइतबार अभिभावकलाई विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न, २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अपिल गरेको थियो ।

प्रकाशित समय १९:१३ बजे

















