गृहपृष्ठ महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको संक्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ ।

विश्वका सबै देशका नागरिकले कोभिड- १९ संक्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्‍यानले सञ्चारकर्मीसँगको भेटमा स्थानीय समय अनुसार शुक्रबार राति बताए । ‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड- १९ संक्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड- १९ संक्रमण र यसका कारण मृत्यु हुनेको संख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ,’ उनले भने ।

‘महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन,’ विश्वमा कैयौँ राष्ट्रहरूले तथ्यांकले के भनिरहेको छ भन्ने कुरामा वेवास्ता गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, ‘अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ । यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य संकटलाई पनि वेवास्ता गर्नु हुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।’

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु