गृहपृष्ठ ढलको पानीमा कोरोनाभाइरस भेटिएको प्रमाण फेला परेको छैन : स्वास्थ्य मन्त्रालय
ढलको पानीमा कोरोनाभाइरस भेटिएको प्रमाण फेला परेको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड- १९ को संक्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोभिड- १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए ।
ढलको पानीमा कोभिड- १९ को संक्रमणको सम्भावना र अन्य संक्रमण रोगका किटाणु प्रशस्त मात्रामा हुने हुनाले ढलको फोहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड- १९ को संक्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड- १९ को संक्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड- १९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यता रोग सार्ने खालको हुँदैन ।’
मन्त्रालयका प्रवक्ता डा. गौतमले ढलको पानीमा कोभिड- १९ को अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए । ‘ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ,’ उनले भने, ‘ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ ।’
उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड- १९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ । ढलको पानीमा आधारित इमिडोयोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा ढलको पानीमा कोभिड- १९ को संक्रमणको सम्भावना र अन्य संक्रमण रोगका किटाणु प्रशस्त मात्रामा हुने हुनाले ढलको फोहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । को अवस्था बुझ्न सकिने उनको भनाइ थियो ।
प्रवक्ता डा. गौतमका अनुसार कोभिड- १९ को संक्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ । तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट संक्रमित व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।
त्यस्तै संक्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।
प्रकाशित समय १९:५८ बजे

















