गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नजिक

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नजिक

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । एकै दिनमा ४४ हजारभन्दा बढी संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३२ हजार ५६९ पुगेको छ । गएको २४ घण्टामा मात्रै सो ठाउँमा २५१ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अहिलेसम्म १२ लाख ८९ हजार ५६४ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख ६० हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये १६ हजारभन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु