गृहपृष्ठ विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९३ प्रतिशत संक्रमणमुक्त

विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९३ प्रतिशत संक्रमणमुक्त

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ‌, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो ।

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या १६१ पुगेको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० संक्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको संघले जनाएको छ । यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता संक्रमण बढेको छ ।

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु