गृहपृष्ठ गोरु काटेको अभियोगमा पक्राउ
गोरु काटेको अभियोगमा पक्राउ
गोरु काटेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका- ९, पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४७ बजे

















