गृहपृष्ठ संक्रमितको संख्या बढ्न थाल्यो, थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या बढ्न थाल्यो, थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा ५१ जना थपिए
केही दिनयता नेपालमा कोरोना संक्रमिण बढ्दो क्रममा रहेको देखिएको छ । गएको २४ घन्टाभित्र ४ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकासहित देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको जानकारी दिए । यसमध्ये काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् ।
उनका अनुसार देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १४ हजार ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् । आज मात्रै ३१८ जना कोरोना जितेर घर फर्किएका छन् ।
हालसम्म नेपालमा काेराेनाका कारण ५७ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १६:२५ बजे

















