गृहपृष्ठ ग्लोकल आफ्टर स्कुलको अनलाइन लर्निङ फेस्टिबल सम्पन्न
ग्लोकल आफ्टर स्कुलको अनलाइन लर्निङ फेस्टिबल सम्पन्न
ग्लोकल आफ्टर स्कुलले सञ्चालनमा ल्याएको एक साता लामो अनलाइन लर्निङ फेस्टिबल २०२० सम्पन्न भएको छ । एसईई विद्यार्थीका लागि ग्लोकल आफ्टर स्कुलले काठमाडौं वल्र्ड स्कुलको सहकार्यमा आयोजना गरेको फेस्टिबल सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीलाई एक छाताअन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र ऊर्जा उत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको थियो । फेस्टिबलअन्तर्गत उनीहरुले विभिन्न सीपमा आधारित कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रिनिङ डिस्कसन जस्ता विभिन्न गतिविधिमा निःशुल्क भाग लिएका थिए ।
कार्यक्रमका मुख्य आकर्षण लेखन तथा चित्रकला प्रतियोगिता थिए । शुभम यादव प्रथम, बियुश गिरी दोस्रो तथा बबिता काफ्ले तेस्रो विजेता बन्न सफल भए । चित्रकला प्रतियोगितामा उनीहरुले आफ्नो स्कुले जीवनका सम्झना कोरेर भाग लिएका थिए । प्रतियोगिताको विजेतामा प्रथम मोहित भट्टराई, द्वितीय सुदिप्ती श्रेष्ठ र तृतीय स्थानमा पेमा गुरुङ रहे ।
दुबै प्रतिस्पर्धाका विजेताहरूले पुरस्कार स्वरुप प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रो विजेताले २ हजार नगद पुरस्कार तथा उच्च अध्ययनका लागि ७५ प्रतिशतसम्मको छात्रवृत्ति जित्न सफल भएका छन् ।
प्रकाशित समय ११:५६ बजे

















