गृहपृष्ठ कोरोना संक्रमणबाट काठमाडौंमा १ महिलाको मृत्यु
कोरोना संक्रमणबाट काठमाडौंमा १ महिलाको मृत्यु
फाइल तस्बिर ।
कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
सर्लाही- ६ मलंगवाकी ती महिला मनमोहन अस्पतालबाट साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी हुन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत देखिएको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित समय १८:४७ बजे

















