गृहपृष्ठ काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३७८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३७८ जना संक्रमित थपिए

१६,३१३ जना संक्रमणमुक्त, सक्रिय संक्रमित ६,२०६

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या दिनहुँ बढ्ने क्रममा रहेको छ । स्रोत पहिचान नभएका संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य विज्ञले महामारी थप भयावह हुनसक्नेप्रति चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा उनले देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको बताए ।

उनका अनुसार गत २४ घण्टाभित्र देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गरिएको थियो । यस अवधिमा  ४९९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेकाे कुल संख्या १६ हजार ३१३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको प्रवक्ता गाैतमले जानकारी दिए ।

देशभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र १० हजार ७ सय ९२ जना क्वारेन्टिनमा रहेका छन् ।हालसम्म नेपालमा काेराेनाबाट ७३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु