गृहपृष्ठ कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा  क्वारेन्टिन सेन्टरमा  स्वास्थ्य सामग्री वितरण

कतार च्यारिटी र इस्लामिक रिलिफद्वारा  क्वारेन्टिन सेन्टरमा  स्वास्थ्य सामग्री वितरण

कतार च्यारिटी र इस्लामिक रिलिफले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका छन् ।  दुवै गैरसरकारी संस्था मिलेर तराईका चार जिल्लाका ८० क्वारेन्टिन सेन्टरमा स्वास्थ्य सामग्री वितरण तथा सरसफाइ कार्यक्रम गरेका हुन् ।

विशेषगरी भारतबाट आएका नेपालीलाई राखिएको सर्लाही, रौतहट, बाँके र बर्दियाका २०/२० बाट क्वारेन्टिनमा कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए । च्यारिटीका प्रबन्धक शेखका अनुसार च्यारिटी र इस्लामिक रिलिफ मिलेर आप्रवासीका लागि कोभिड प्रतिरक्षा क्षमता सुध्रीकरण कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो ।

कार्यक्रमअन्तर्गत ८० वटा क्वारेन्टिनमा १० वर्षसम्म टिक्ने ८० वटा शौचालय, ह्यान्ड वासिङ स्टेसन ९२ वटा, ८० वटा डिस इन्फेक्ट लिक्विड, क्वारेन्टिन सेन्टरमा बसेका १० हजार ५५० जनालाई कोरोना रोकथाम स्वास्थ्य सामग्री र एक हजार महिलालाई डिग्निटी किट वितरण गरिएको छ ।

क्वारेन्टिनमा बस्नेहरुका लागि शुद्ध पानी पिलाउने उद्देश्यले दुवै संस्थाले पानी शुद्धीकरण पिउस झोल वितरण गरेका छन् भने क्वारेन्टिन बस्नेहरुलाई बाल्टी, जगलगायतका सामग्री पनि दिएका छन् । कार्यक्रमअन्तर्गत बाँके, बर्दीया, सर्लाही र रौतहटका विभिन्न रेडियो तथा एफएमहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना जगाउने रेडियो जिंगल प्रचारप्रसारको काम पनि भएको छ ।

त्यस्तै कोरोना संक्रमण बढी देखिएका जिल्लामध्येका बाँके र बर्दियामा टेलिभिजनमार्फत पनि कोरोना रोकथाम तथा नियन्त्रणबारे सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख, जिल्ला स्वास्थ्य प्रमुख र स्थानीय संस्थाका प्रतिनिधिहरुको उपस्तिथि थियो ।  कार्यक्रम च्यारिटी र रिलिफले युकेको स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा गरेका हुन् ।

तीन वर्षअघि मात्र नेपालमा कार्यक्षेत्र विस्तार गरेको कतार च्यारिटीले विभिन्न अप्ठ्यारोमा नेपालमा सहयोग गर्दै आएको छ । अरब मुलुकको सबैभन्दा ठूलो  गैरसरकारी संस्थामध्येको एक कतार च्यारिटीले विश्वका करिब ३० मुलुकमा विकास निर्माण काम गर्दै आएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु