गृहपृष्ठ थप ६३८ जनामा कोरोना पुष्टि, १७१ डिस्चार्ज
थप ६३८ जनामा कोरोना पुष्टि, १७१ डिस्चार्ज
काठमाडौं उपत्यकामा १३४ जना थपिए
कोरोनाभाइरसको संक्रमण र त्यसका कारण हुने मृत्यु नेपालमा बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टाभित्र १० हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो । अब नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।
हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् । ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
प्रकाशित समय १६:३७ बजे

















